PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली गएनन्



पहिलोपोस्ट

जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली गएनन्

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ जनयुद्ध दिवस मनाउँदैछ। २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको दिनको स्मरणमा दिवास मनाइएको हो। नेकपाले पार्टी र भातृ संगठनमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै छ। 

पार्टी कार्यालय धुम्बारहीमा विशेष कार्यक्रम नै आयोजना गरिएको छ। उक्त कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति हुने भनिए पनि ओली उपस्थित भएनन्। 

अघिल्लो वर्ष पनि जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री उपस्थित भएका थिएनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell