PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

एपिएफ र ब्रिगेड ब्वाइजको बराबरी, आशिष लामाको ९ औं गोल



पहिलोपोस्ट

एपिएफ र ब्रिगेड ब्वाइजको बराबरी, आशिष लामाको ९ औं गोल

काठमाडौं: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र ब्रिगेड ब्वाइज क्लबले १-१ गोलको बराबरी खेलेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा अन्तिम समयमा अग्रता जोगाउन नसक्दा एपिएफले ब्रिगेड ब्वाइजसँग १-१ गोलको बराबरी खेलको छ। खेलको पहिलो हाफमै एपिएफले अग्रता बनाएको थियो। एपिएफका लागि खेलको ४४ औं मिनेटमा आशिष लामाले नवीन लामाको क्रसलाई हेडिङमार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा पनि अधिकांश समय अगाडि रहेको एपिएफ खेलको अतिरिक्त समयमा चुक्न पुग्यो। ब्रिगेड ब्वाइज क्लबका विजय गुरुङले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याए। बराबरीसँगै दुवै टिम ९ अंक जोडेर क्रमश १२ र १३ औं स्थानमा रहँदै लिगमा चित्त बुझाए।

आजको खेलमा गोल गरेका आशिष लामा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षस्थानमा छन्। उनले जारी लिगमा ९ गोल गरिसकेका छन्। उनी पछि च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलको ७ गोल रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell