PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विश्व शान्तिका लागि स्वयम्भूदेखि लुम्बिनीसम्म पैदल यात्रामा बौद्ध भिक्षुहरु

विश्व शान्तिका लागि स्वयम्भूदेखि लुम्बिनीसम्म पैदल यात्रामा बौद्ध भिक्षुहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : विश्व शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरुले अन्तर्राष्ट्रिय शान्ति पैदल यात्रा सुरु गरेका छन्। बिहिवार बिहान काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी महाविहारबाट भिक्षुहरु पैदल यात्रामा निस्किएका हुन्।  

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म आयोजना भएको पैदल यात्रामा करिब ६० जना भिक्षुहरु रहेका छन्। अधिकांश बौद्ध भिक्षुहरु थाइल्यान्डका धुताङ्गधारी भिक्षु छन्। उनीहरुले दैनिक २५ देखि ३५ किलोमिटर हिँड्ने लक्ष्य लिएका छन्।

पैदल यात्रासँगै भिक्षुहरुले शान्ति दीप पनि सँगै लगेका छन्। रातिको समयमा बास बस्ने स्थानमा भिक्षुहरुले शान्ति दीप प्रज्जवलन गर्नेछन्।

आज सुरु भएको पैदल यात्रा फागुन २० गते मंगलवार कनकमुनि बुद्धको जन्मभूमि निग्लिहवा पुगेर समापन हुनेछ। त्यहाँ विश्व शान्तिको कामना गर्दै शान्ति पाठ गरिनेछ र पैदल यात्रा समाप्त हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell