PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोनाको आशंकामा अस्पताल भर्ना भएका युवकको रगत र खकार काठमाडौं पठाइयो



एम बम

कोरोनाको आशंकामा अस्पताल भर्ना भएका युवकको रगत र खकार काठमाडौं पठाइयो

कैलाली : नोवेल कोरोना भाइरसको आशंकामा धनगढीको सेती प्रादेशिक अस्पताल भर्ना भएका युवकको रगत र खकारको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ। हिजो अस्पताल भर्ना भएका उनको रगत र खकारको नमुना आज परीक्षणका लागि काठमाडौं पठाइएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

चिकित्सा शिक्षा अध्ययनका लागि चीनमा रहेका युवक कैलाली फर्केको २ हप्ता नबित्दै कोरोना भएको आशंकामा सेती अस्पताल भर्ना भएका थिए। अस्पतालका फिजिसियन डा निराजनदत्त शर्मा पौडेलले उनको रगत र खकारलगायतको नमुना परीक्षणका लागि काठमाडौं पठाएको बताए।

उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताए।

प्रदेशमा यसको संक्रमण नभित्रियोस् भनेर उच्च सतर्कता अपनाइएको उनको भनाइ छ। सेती अस्पतालले यसको रोकथामका लागि पूर्वतयारी स्वरूप एउटा स्क्रिनिङ कक्ष समेत सञ्चालनमा ल्याइसकेको छ।

उनको परीक्षणका लागि पठाइएको रगत र खकारको नमुनाको रिपोर्ट शनिवार मात्रै धनगढी आइपुग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell