A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69978121dde9e6.80911991): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69978121dde9e6.80911991,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69978121de1fe3.88113556): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69978121de1fe3.88113556,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69978121e13678.16315815): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69978121e13678.16315815,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

गाउँमा युवा रित्तिएपछि : स्थानीय संस्कृति देखाउन अरुकै भर, परम्परा महोत्सवमा मात्रै सीमित
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

गाउँमा युवा रित्तिएपछि : स्थानीय संस्कृति देखाउन अरुकै भर, परम्परा महोत्सवमा मात्रै सीमित



विधुर ढकाल

गाउँमा युवा रित्तिएपछि : स्थानीय संस्कृति देखाउन अरुकै भर, परम्परा महोत्सवमा मात्रै सीमित

काठमाडौं : हिजोआज गाउँमा घुमाउने घरहरु देखिन छाडे। गाउँमा वृद्धवृद्धा र बालबालिकामात्र छन्। युवाहरु धन कमाउन विदेशिए। अवसरको खोजीमा शहर पसे। केही कमाएसँगै गाउँमा पक्की घरहरु बन्न थाले। यसरी बनेका पक्की घरहरुले नेपाली गाउँघरको पहिचान बोकेका घुमाउने घरहरुलाई विस्थापित गर्दै गए।

स्याङ्जाको राङबाङ क्षेत्र मगर र गुरुङ समुदायको बाहुल्यता भएको क्षेत्र। कुनै समय मगर राजाहरुले राज गरेको ठाउँ। मगरहरु राजाको किल्ला भएको क्षेत्र राङबाङ संघीयतासँगै पुतलीबजार नगरपालिका र विरुवा गाउँपालिकामा विभाजित भएको छ।

'हिजोआज गोलघरहरु देखिन छाडेका छन्। केही केही गाउँमा यस्ता एक दुई घरहरु होलान्। तर, प्राय गोलघरहरुलाई पक्की आधुनिक घरले विस्थापित गरिसके,' पुतलीबजार नगरपालिका ९ पोखरीछापका स्थानीय तथा मिलिनियम ट्रेक व्यवस्थापन समितका अध्यक्ष नविनप्रकाश गुरुङले भने।

गाउँमा ढिकी जाँतोको प्रयोग पनि हराइसकेको छ। राङवाङमा माघ २४ र २५ गते आयोजना गरिएको लाटोकोसेरो तथा हुचिल उत्सवमा प्रदर्शनका लागि एउटा घुमाउने घर बनाइएको थियो। प्रकृतिका साथीहरु काठमाडौं, राङबाङ युवा क्लब र मिलिनियम ट्रेक व्यवस्थापन समितिले संयुक्त रुपमा आयोजना गरेको उत्सवका लागि भनेर नै यो घर बनाइएको थियो। उत्सव सकिएसँगै घर पनि भत्काइयो।

घुमाउने घरमा स्थानीय परम्परागत घरायसी सामाग्रीहरुको प्रदर्शन पनि गरिएको थियो। ढिकी जाँतो, हातलै बनाइएका अन्य सामाग्रहरु पनि। यी सामाग्रीहरु पनि गाउँमा देखिँदैनन् हिजोआज।

'ढिकी जाँतो पनि प्रयोग हुन छाडेका छन्। मिलले यिनलाई विस्थापित गरे,' गुरुङले भने, 'आधुनिकतासँगै हाम्रा संस्कृति तथा परम्परागत पहिचानहरु गुम्दै गएका छन्।'

जन श्रमदानसहित करिब डेढ लाख रुपैयाँमा बनाइएको गोलघरले सबैको ध्यान तान्यो। 'अब यस्तो घरमा को बस्छ?' गोलघर बनाउने मध्येका एक विरुवा गाउँपालिका-३ का स्थानीय कुलबहादुर थापाले भने, 'हाम्रो संस्कृतिमा आधुनिकता भित्रियो। हामीले पुरानो पहिचान गुमाउँदै गयौँ।'

स्थानीय संस्कृतिअनुसार गुरुङ मगरहरुका घाटु, सोरठी, झोरा नाचहरु पनि विस्थापित हुँदै गरेका छन्। 'गाउँमा मान्छेहरु नै छैनन्। युवाहरु विदेशिए। कोही शहर पसे। गाउने, बजाउने र नाच्ने पनि रहेनन्।'

मानिसहरु शहर पसेसँगै संस्कृति तथा परम्पराहरु भत्किँदै गएकोमा उनी चिन्तित छ। 'गाउँमा खेतहरु त बाँझै छन्। संस्कृति र परम्पराको मात्र के कुरा गर्नुहुन्छ,' थापाले भने, 'अहिले कहिलेकाहीँ यस्तै मेला पर्वमा देखिन्छन् गोलघरहरु, हाम्रा परम्परागत नृत्यहरु। अहिले गोलघर बनाएर प्रदर्शन गर्न पाउँदा खुसी लागेको छ। यिनीहरुको संरक्षण गर्नुपर्छ।'

स्याङजामा आयोजना गरिएको उत्सवमा मगर संस्कृतिको नृत्य प्रस्तुत गर्न तनहुँबाट टोली आएको थियो। 'गाउँमा कोही छैनन्। अनि हाम्रै संस्कृति देखाउन बाहिरबाट मानिस बोलाउनुपर्ने बाध्यता रह्यो,' उनले भने। हिजोका सोरठी झोरा घाटुहरुमा आधुनिकता भित्रिएसँगै छाडा हुँदै गएकोमा चिन्ता व्यक्त गरे।

'अहिले आफ्नै सन्ततिहरुले आफू जन्मेको घर कस्तो थियो भन्ने भुलिसके। हाम्रा संस्कृति र परम्पराका मात्र के कुरा गर्नु?,' उनका मनमा प्रश्नै प्रश्न छन्, 'यिनलाई जोगाउने कसले? आज हामी छौँ। अलिअलि जानेका छौँ। कस्ता थिए हाम्रा परम्परा? कस्ता थिए हाम्रा घर? भोलि हामी पनि नरहौँला अनि कसले भनिदिन्छ हाम्रो संस्कृतिको बारेमा?'

संस्कृति र परम्परा जोगाउन गाउँमै रोजगारी दिनुपर्ने उनले बताए। 'तपाईँले देख्नु भयो होला गाउँमा खेतहरु बाँझै छन्। युवा विदेशिएका छन्,' उनले भने, 'खेती गर्न पानी छैन। आम्दानी हुँदैन विदेशिन बाध्यता रह्यो। अनी परम्परामाथि पनि घात पुग्यो।'

-स्याङ्जाबाट फर्केपछि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell