PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

दुई लाख घुससहित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत पक्राउ



रासस

दुई लाख घुससहित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्ता पूर्व)मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई आज घुससहित नियन्त्रणमा लिएको छ।

आयोगको बुटवलबाट खटिइएको टोलीले टेन्डरको काठ उठाएबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थिति कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell