
झिमरुक : प्यूठानमा प्रहरीले दुई पेट्रोलपम्पबाट अवैधरूपमा बिक्री गरेको भन्दै २ सय ८८ लिटर पेट्रोल जफत गरेको छ।
प्यूठान नगरपालिका-७ विजुवारको जीवनदान पेट्रोलपम्पबाट भे १ च १९०३ नम्बरको पिकअपले १ सय ६८ लिटर पेट्रोल गौमुखी गाउँपालिका-१ अर्घातर्फ लैजाँदा जफत गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए।
प्यूठान नगरपालिका-८ मा वाग्दुलाको सावित्रा थापाको नोस्सा पेट्रोलपम्पमा बिक्री गर्दै गर्दा १२० लिटर पेट्रोल जफत गरेको प्रहरीले जनाएको छ। जफत पेट्रोल इलाका प्रहरी कार्यालय विजुवारमा राखिएको छ।