PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

सिन्धुलीमा प्रहरी जवानले आफैंलाई गोली हानेर गम्भीर घाइते



पहिलोपोस्ट

सिन्धुलीमा प्रहरी जवानले आफैंलाई गोली हानेर गम्भीर घाइते
प्रतीकात्मक तस्विर

सिन्धुलीः जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्। महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानी गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन्।

घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

“रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”,  सिग्देलले भनिन्।

गोली हान्नुको कारण  खुल्न नसकेको र आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। रासस  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell