PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

एनआरटीमाथि हिमालयन शेर्पाको जित



पहिलोपोस्ट

एनआरटीमाथि हिमालयन शेर्पाको जित

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीमाथि संघर्षपूर्ण जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा शेर्पा क्लबले २-१ को अन्तरले जित निकाल्दै लिगमा सुखद् अन्त्य गरेको हो।

हिमालयन शेर्पाको जितमा स्टेफेन समीर देउबेनी र त्रिदेव गुरुङले गोल गरे। अर्कोतर्फ एनआरटीका लागि राजेश परियारले गोल गरे।

खेलको ३१ औ मिनेटमा एनआरटीका परियारले गोल गर्दै अग्रता बनाए पनि हिमालयन शेर्पाले खेलमा पुनरागमन गर्न सफल भयो। खेलको ४१ औ मिनेटमा स्टेफेन समीर र पहिलो हाफको अतिरिक्त समयमा त्रिदेब गुरुङले गोल गरे।

जितसगै हिमालयन शेर्पाले तालिकाको १० औं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ भने एनआर्टीले नवौं स्थानमा रहँदै लिग टुङ्ग्याएको छ। सरस्वती क्लब रेलिगेसनमा परेको छ भने उपाधी विजेताको टुङ्गो शनिवार लाग्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell