PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

संरक्षणमा मिल्यो अमेरिकी अवार्ड, दूतावासले चाहिँ दिएन भिसा



पहिलोपोस्ट

संरक्षणमा मिल्यो अमेरिकी अवार्ड, दूतावासले चाहिँ दिएन भिसा

  • राजु आचार्य-

युवा अनुसन्धानकर्मी यादव घिमिरे अन्तर्राष्ट्रिय पुरस्कार ‘स्पेसल एचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित भएका थिएl यही फाल्गुन २४ मा उनले सो पुरस्कार प्राप्त गर्दै थिएl तर, अमेरिकी दूतावासले भिसा नदिएपछि उनी हताश भएका छन्l

हालसम्म एसियाबाट उनीसमेत तीन जना सो पुरस्कारबाट सम्मानित भएका छन्l लाटोकोसेरो तथा हुचिल अनुसन्धान र संरक्षणका लागि अमेरिकास्थित अन्तर्राष्ट्रिय लाटोकोसेरो केन्द्रले प्रदान गर्ने यो विश्वव्यापी सम्मान होl

उनले आफ्नो फेसबुकमा लेखेका छन्- ‘मलाई ७ वटा असान्दर्भिक प्रश्नहरू सोधियो र प्रति प्रश्नको मूल्य करिब रु ३००० हुन्छ। दूतावासका ती व्यक्तिले म फर्किन्न भनेर कसरी अनुमान गरे होलान्?’

उनले हालसम्म जर्मन, स्विट्जरल्याण्ड, बेलायत, भुटान आदि देशमा अध्ययन तथा अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागिता जनाइसकेका छन्। अहिले पनि सम्पूर्ण खर्च आयोजकले बेहोर्ने गरी उनलाई सम्मान दिन लागिएको थियोl

उनले फेसबुकमा पोस्ट गरेलगत्तै धेरै अनुसन्धान तथा संरक्षणकर्मीले दूतावासको निर्णय जायज नभएको बताएका छन्l अनुसन्धानकर्मी सन्जन थापाले ‘एलबर्ट आइन्स्टाइन’ले पनि अमेरिकाको भिसा नपाएको प्रसङ्ग उल्लेख गरेका छl प्राध्यापक करणबहादुर साहले यस्ता सानातिना कुरालाई मनमा नलिन सुझाएका छन्l सुमन आचार्यले शङ्का व्यक्त गरे- ‘कतै पैसा पाउन पुन: निवेदन गरोस् भनेर त होइन?’ संजिता शर्मा पोख्रेलले ‘त्यस्ता कर्मचारीलाई लाज लाग्नु पर्ने' बताइन्l पत्रकार कृष्णमणि बरालले अन्तर्राष्ट्रिय पुरस्कार पाउने संरक्षणकर्मीलाई भिसा नदिनु दु:खद् भएको उल्लेख गरेका छन्l



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell