PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

राष्ट्रियसभा सदस्य उपाध्यायको ५० वर्षको उमेरमा निधन



पहिलोपोस्ट

राष्ट्रियसभा सदस्य उपाध्यायको ५० वर्षको उमेरमा निधन

काठमाडौं : राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। क्यान्सर रोगी उपाध्यायको शुक्रवार बिहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए।

काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका उपाध्यायको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १० स्थित मधुवनमा निधन भएको हो। ५० वर्षीय उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट प्रदेश ५ बाट खुल्लातर्फ राष्ट्रिय सभामा निर्वाचित भएका थिए। 

केही समय अघि उपाध्याय चितवनस्थित भरतपुर क्यान्सर अस्पतालबाट उपचारपछि घर फर्काइएको थियो। उपाध्यायको आजै अन्त्येष्टी तयारी गरेकव सभापति रज्जाकले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell