PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

प्रधानमन्त्री ओलीको संसदमा संवोधन अनिश्चित



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको संसदमा संवोधन अनिश्चित
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम अनिश्चित भएको छ।

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण आज दिउँसो २ बजेलाई तय भएको सम्बोधन अनिश्चित भएको हो।

क्यान्सरबाट पीडित उपाध्यायको शुक्रवार बिहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको थियो। नेपाली कांग्रेसले प्रतिनिधिसभा सचिवालयमा शोक प्रस्तावका लागि पत्र लगिसकेको छ। नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले सचिवालयमा शोक प्रस्ताव लगेकी हुन्।

सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी छ। फागुन ३ गते दुई वर्ष पुग्ने भए पनि शनिवार परेकाले आज नै सम्बोधन गर्ने कार्यक्रम तय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell