PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वनिर्धारित सम्बोधन स्थगित भएको छ। प्रधानमन्त्रीको आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम थियो। सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी थियो।

फागुन ३ गते सरकारको दुई वर्ष पुग्ने भए पनि शनिवार परेकाले प्रधानमन्त्रीले आज नै सम्बोधन गर्ने कार्यक्रम तय थियो। 

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण आज दिउँसो २ बजेलाई तय भएको सम्बोधन रोकिएको हो। नयाँ कार्य तालिका अनुसार शनिवार ११ बजे बजे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने भएका छन्। 

क्यान्सरबाट पीडित उपाध्यायको शुक्रवार बिहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको थियो। नेपाली कांग्रेसले प्रतिनिधिसभा सचिवालयमा शोक प्रस्तावका लागि पत्र लगिसकेको छ। नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले सचिवालयमा शोक प्रस्ताव लगेकी हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell