PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

अदालतले अख्तियारसँग जवाफ माग्यो - पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको ?



पहिलोपोस्ट

अदालतले अख्तियारसँग जवाफ माग्यो - पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको ?

काठमाडौ : सर्वोच्च अदालतले सरकारी जग्गा ललिता निवास प्रकरणमा दुई पूर्व प्रधानमन्त्री विरुद्ध अख्तियार दुरुपयोग आयोगले मुद्दा नचालउनुको कारण माग गरेको छ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले अख्तियारलाई मुद्धा नचलाउनुको कारणसहित जानकारी दिने आदेश गरेको छ।

पूर्व प्रधानमन्त्री तथा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध मुद्दा चलाउन माग गर्दै अदालतमा रिट दायर भएको थियो।

बुधवार सर्वोच्व वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा अख्तियारले विशेष अदालतमा दुई जनाविरुद्ध मुद्दा दायर नगरेको भन्दै रिट दिएका हुन्।

त्यही रिटमा आज अदालतले बाटोको म्यादबाहेक १५ दिन भित्र अदालतमा लिखित जवान दिन आदेश दिएको हो। अदालतले भनेको छ, 'यसमा के कसो भएको हो, निवेदकको माग बमोजिमको आदेश जारी हुन किन नपर्ने हो। आदेश जारी हुन नपर्ने कानुन बमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटाको म्याद बाहेक १५ दिनभित्र अन्य विपक्षीहरू बाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हकमा महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेस गर्नु।'

अख्तियारले मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईविरुद्ध भने मुद्दा नचलाउने तय गरेको थियो। अख्तियारले माघ २२ गते १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो।

पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी लगायत विरुद्ध मुद्दा दर्ता भएको छ। पूर्व सचिवहरु छवि पन्त, दिनेशहरि अधिकारी र दीप बस्नेतको नाम पनि यो सूचीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell