PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

जावलाखेलमाथि मनाङको संघर्षपूर्ण जित



पहिलोपोस्ट

जावलाखेलमाथि मनाङको संघर्षपूर्ण जित

काठमाडौं: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको अन्तिम खेलमा मनाङ मर्स्याङदी क्लबले जावलाखेल युथ क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा साविक विजेता मनाङले जावलाखेलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

मनाङको जितमा निशान लिम्बुले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा निशानले खेलको ७५ औं मिनेटमा गोल गरेका थिए। जितसँगै मनाङ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। २८ अंक जोडेको मनाङको दोस्रो स्थानको मछिन्द्र क्लबसँग बराबरी अंक छ। तर, मछिन्द्र मनाङभन्दा गोल अन्तरको आधारमा अगाडि छ।

आजै भएको अर्को खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबमाथि २-० को जित निकालेको थियो। थ्री स्टारको जितमा अनन्त तामाङ र लाल रामर्भाले गोल गरे। थ्री स्टार अंकतालिकाको चौथो स्थानमा रहँदै ए डिभिजन लिगको यो सिजनको अन्त्य गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell