
काठमाडौं : एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। थाइल्यान्डमा हुने प्रतियोगिता फेब्रुअरी २९ बाट शुरु हुनेछ।
टोलीमा अनुभवी खेलाडीहरु शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामीलगायतका खेलाडीहरु समावेश छैनन्। नेपाली टिमको प्रशिक्षकमा जगत टमाटा रहने छन्।
प्रतियोगितामा थाइल्यान्ड, भुटान, म्यानमार, मलेसिया, हङकङ, सिंगापुर र नेपाल रहेका छन्। यसअघि चीन पनि प्रतियोगितामा समावेश तय भए पनि अन्तिम समयमा चीनले आफू नखेल्ने बताएको थियो। चीनले सहभागिता नजनाउनुमा कोरोना भाइरसको प्रभाव कारण हुनसक्ने बताइएको छ।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान),पारस खड्का, बिनोद भण्डारी, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, अभिनास बोहरा, करण केसी, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सुन्दीप जोरा, किशोर महतो, भुवन कार्की