PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

फागुन १५ मा लगनगाँठो कस्दै प्रियंका र आयुष्मान



पहिलोपोस्ट

फागुन १५ मा लगनगाँठो कस्दै प्रियंका र आयुष्मान
फोटो : Priyanka Karki/instagram.com

काठमाडौं : अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यहि फागुन १५ (२७ फेब्रुअरी) गते विवाह बन्धनमा बाधिँदै छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्विर सार्वजनिक गर्दै उनीहरुले आफ्नो विवाह मिति सार्वजनिक गरेका हुन्। ‘भ्यालेन्टाइन डे’को अवसर पारेर उनीहरुले शुक्रवार विवाह मिति सार्वजनिक गरेका छन्।

मिति पक्का भएसँगै विवाहपछि छुट्टै बस्नको लागि प्रियंका र आयुष्मानले भैसेपाटीमा घर समेत किनिसकेका छन्। अहिले उनीहरु नयाँ घरको सजावटमा व्यस्त छन्। घरको सजावटसँगै उनीहरु विवाहको तयारीमा पनि जुटेका छन्।

त्यसो त एक महिना अघि नै विवाह हुने पक्का भएपछि प्रियंका आफ्ना नजिकका साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्यान्ड पुगेकी थिइन्। प्रियंका र आयुष्मानको ‘इन्गेजमेन्ट’ भएको करिब दुईवर्ष पछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell