PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

संसदमा प्रम ओलीको सम्बोधन : पाँच वर्षभित्र एमसिसी पूरा, नेपालका लागि कोसेढुंगा



पहिलोपोस्ट

संसदमा प्रम ओलीको सम्बोधन : पाँच वर्षभित्र एमसिसी पूरा, नेपालका लागि कोसेढुंगा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अमेरिकन मिलिनियम कर्पोरेसन कम्प्याक्ट (एमसिसी) ५ वर्षभित्र पूरा हुने विश्वास व्यक्त गरेका छन्।

सरकारको दुई वर्ष पूरा भएको अवसरमा आज संसदमा बोल्दै उनले एमसिसी कम्याक्ट योजना महात्वाकांक्षीमात्र नभएर नेपालको विकासमा कोसेढुड्गा सावित हुने दावी गरे।

उनले भने, 'एमसिसी कम्याक्ट अन्तर्गत लफ्सेफेदी रातामाटे, दमौली, हेटौंडा, पाल्पा, बुटवल गोरखपुरसम्म अन्तरदेशीय विद्युत प्रसारण लाइन र अन्तरदेशीय विद्युत प्रसारण लाइन योजना दीर्घकालीन महात्वाकाक्षी योजना नभएर नेपालको उपयोगमा कोसेढुंगा हुनेछ।'

उनले अमेरिकाको करिब ५५ अर्ब अनुदान र नेपालको १४ अर्बको लगानीले राष्ट्रिय गौरवको योजना र महत्वको हैसियत प्रदान गरेको बताए।

५ वर्षभित्र योजना पूरा भइसक्दा अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र उर्जा उपयोगको तस्वीर बदलिने उनको तर्क छ।

उनले विद्युत छिमेकी भारतलाई पनि बिक्री गर्न थालिएको समेत बताए। तेस्रो मूलुकमा पनि बेच्ने आधार खडा भएको उनको भनाइ छ।

उनले व्यापार विविधिकरण बढेको उल्लेख गरे। साथै प्रम ओलीले भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आएको बताए। उनले दुई वर्षमा ३ सय २५ सडक पुल निर्माण भएको दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell