PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

जितपछिको खुसी ...

जितपछिको खुसी ...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज फुटबल समर्थकहरुले भरिभराउ देखियो। कारण थियो, शहीद स्मारक ‘ए’ डिभिजन लिगको फाइनल।

दर्शकको उल्लेख्य उपस्थितिले त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच खेल निकै रोमाञ्चक बन्यो। समर्थकको हुटिङले रंगशाला गुञ्जायमान भयो पनि।

खेलमा मछिन्द्र केही हावी थियो। खेलको ३३ औँ मिनेटमा मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक ‘क्लियर’ गर्ने क्रममा आर्मीका विकाश तामाङले आफ्नै पोस्टमा गोल गर्न पुगे।

पहिलो हाफमा मछिन्द्रले १-० ले लिड गरेको खेलमा दोस्रो हाफमा आर्मीले थुप्रै अवसर पाएपनि सदुपयोग गर्न भने सकेन। आर्मीका केही प्रयासहरु मछिन्द्रका गोल किपर विशाल श्रेष्ठले असफल पारिदिएका थिए। दोस्रो हाफमा पनि आर्मीले गोल फर्काउन नसकेपछि उपहारमा पाएको गोलले नै मछिन्द्र लिग विजेता बनेको छ।

मछिन्द्रले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पारेको छ। लिगको शीर्ष स्थानमा रहेको आर्मीलाई पराजित गर्दै मछिन्द्रले उपाधि कब्जा गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell