PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

तस्विरमा मछिन्द्र लिग च्याम्पियन बन्दाका क्षणहरु ...

तस्विरमा मछिन्द्र लिग च्याम्पियन बन्दाका क्षणहरु ...

प्रवीण रानाभाट/पहिलोपोस्ट


त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा मछिन्द्रले आर्मीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

खेलमा शुरुवातदेखि नै मछिन्द्र हावी भएको थियो। खेलको ३३ औँ मिनेटमा विकाश तामाङले गरेको आत्मघाती गोल मछिन्द्रको जितको लागि निर्णायक बन्यो। मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक ‘क्लियर’ गर्ने क्रममा तामाङले आफ्नै पोस्टमा गोल गर्न पुगे। यो गोलसँगै मछिन्द्रले पहिलोपटक लिग च्यामपियन बन्यो



ट्रेन्डिङ पोस्ट

Ncell