स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि जित निकालेको छ। गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले २-१ को संघर्षपूर्ण जित निकाल्दै शीर्षस्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको हो।
बार्सिलोनाको जित एन्टोनी ग्रिजम्यान र सर्जियो रोबर्टोले गोल गरे। उता गेटाफेका लागि एन्जेल रोड्रिगेजले सान्त्वना गोल फर्काए।
खेलको पहिलो हाफमै बार्सिलोनाले २ गोल गरेको थियो। बार्सिलोनका लागि खेलको ३३ औं मिनेटमा गोल गर्दै पछिल्ला पछिल्ला ५ खेलमा गोलविहीन ग्रिजम्यानले आफ्नो गोलको खडेरी तोडे। उनले मेस्मीको पासमा गोल गर्दै खेलमा अग्रता बनाए। त्यसको पाँच मिनेटमै बार्सिलोनाले दोस्रो गोल थप्यो। खेलको ३९ औं मिनेटमा रोबेर्टोले गोल गर्दा पहिलो हाफमा बार्सिलोनाको स्कोरबोर्डमा २ गोल रह्यो। दोस्रो हाफमा रोड्रिगेजको गोल मार्फत गेटाफे खेलमा फर्कन चाह्यो। उनले खेलको ६६ औं मिनेटमा गोल फर्काउँदै खेल टिमलाई खेलमा फर्काउन चाहे। खेलको ७२ औं मिनेटमा गेटाफेले राम्रो अवसर बनाए पनि बार्सिलोनाका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै रोड्रिगेजलाई दोस्रो गोल गर्नबाट रोके।
गएराति नै भएको अर्को खेलमा भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले २-२ को बराबरी खेले। दुई पटक अग्रता बनाएर पनि एथ्लटिको अग्रता जोगाउन नसक्दा घरेलु टोलीसँग अंक बाँडन पुग्यो। एथ्लेटिकोको लागि खेलको १५ औं मिनेटमा लोरेन्ट र ४३ औं मिनेटमा पार्टेले गोल गरेका थिए। यता भ्यालेन्सियाका लागि गाब्रियलले ४० औं मिनेटमा गोल गर्दा पहिलो हाफमा एथ्लेटिको २-१ ले अगाडि रह्यो। दोस्रो हाफमा जोफ्रेले भ्यालेन्सियाका लागि अर्को गोल थप्दै खेल बराबरीमा ल्याए।
लिगको शीर्षस्थानका रियल मड्रिड र बार्सिलोनाको समान ५२ अंक छ। यद्यपि एक खेल कम खेलेको रियल मड्रिड गोल अन्तरका आधारमा पहिलो स्थानमा छ। त्यस्तै गेटाफे तेस्रो र एथ्लेटिको मड्रिड चौथो स्थानमा छ।
