PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ब्राउन सुगरसहित दुई जना पक्राउ



एम बम

ब्राउन सुगरसहित दुई जना पक्राउ
फोटो : जिल्ला प्रहरी कार्यालय, कैलाली।

कैलाली : कैलाली प्रहरीले लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित दुई जनालाई पक्राउ गरेको छ। टीकापुर नगरपालिका वडा नम्बर ९ को खक्रौला सडक खण्डमा भारतबाट आइरहेको सु.प.प्र.०१–००७ प ९२९१ नम्बरको मोटरसाइकलमा लागुऔषध ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाका २४ वर्षीय चन्द्र बहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरेको जानकारी दिए।

उनीहरूबाट ३० ग्राम नौ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ। उनीहरूको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell