PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पूर्वसभामुख महराको मुद्दा हेर्दाहेर्दैमा



पहिलोपोस्ट

पूर्वसभामुख महराको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं: जबरजस्ती करणी उद्योगको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको फैसला सोमवारमात्र हुने भएको छ।

जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा दुबै पक्षका वकिलहरुको बहस सकिए पनि समय अभावको कारण आज फैसला नहुने भएको हो। न्यायधीश अमरराज पौडेलेको इजलासले आइतवार बहस भएको थियो। महराको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारीलगायतले बहस गरेका थिए। त्यस्तै सरकारी पक्षबाट उमाकान्त खनाल लगायतले बहस गरेका थिए।

गत असोज १२ गते संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा महरामाथि लागेको थियो। पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत असोज १९ गते अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

जिल्ला अदालतले कात्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि महरा उच्च अदालत पाटन पुगेका थिए। तर उच्च पाटनका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गर्दै महरालाई थुनामा राख्न आदेश दिएको थियो।

महरा अहिले डिल्लीबजार कारागारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell