PahiloPost

Dec 21, 2025 | ६ पुष २०८२

वीरगंजका सबै स्कुलमा सेनेटरी प्याड मेसिन राखिदै



राधेश्याम पटेल

वीरगंजका सबै स्कुलमा सेनेटरी प्याड मेसिन राखिदै

वीरगंज : वीरगंज महानगरपालिका अर्न्तगतका सबै विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्य शुरु गरिएको छ। गतवर्षदेखि शुरु गरिएको उक्त अभियानलाई विद्यालयहरुमा सेनेटरी प्याड मेसिन जडान गरेर निरन्तरता दिने अभियानमा वीरगंज महानगरपालिका जुटेको छ।

महानगरपालिकाका सबै माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयहरुमा सेनेटरी प्याड मेसिन जडान गर्ने कार्य भइरहेको छ। मेयर विजयकुमार सरावगीले गतवर्ष निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम घोषणा गरे अनुसार महानगरपालिकाले विद्यालयहरुमा सेनेटरी प्याड मेसिन जडान अभियानलाई आज एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो। उक्त मेसिन महानगरपालिकाका ९२ वटा स्कुलमा जडान गर्ने लक्ष्य लिइएको छ।

शिक्षा, स्वास्थ्य विकासको मुल आधार भन्ने नाराका साथ यी कार्य अघि बढाइएको महानगरले बताएको छ।

मेसिन जडान, सञ्चालन तथा प्राविधिक पक्षबारे मेयर सरावगीकै रोहबरमा सरोकारवालाहरुलाई जानकारी गराइएको छ। सो अवसरमा उपमेयर शान्ति कार्की र शैक्षिक महाशखाका प्रमुख अरबिन्द कर्णलगायतको सहभागिता थियो। मेसिनहरुमा प्याड राख्ने तथा छात्राहरुले आवश्यकता अनुसार सहज रुपमा निकाल्न सक्ने व्यवस्थापन मिलाइदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell