PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कर छलीमा उद्योगीलाई सहयोग गरेको आशंकामा अडिटर विनोदको फर्ममा राजस्व अनुसन्धानको छापा



राधेश्याम पटेल

कर छलीमा उद्योगीलाई सहयोग गरेको आशंकामा अडिटर विनोदको फर्ममा राजस्व अनुसन्धानको छापा

वीरगंज : राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगंजका एक लेखा परिक्षकको फर्ममा छापा मारेको छ। वीरगंज–८ पानीटंकीस्थित बिके कर परामर्श केन्द्रमा टोलीले छापा मारी सबै कागजात नियन्त्रणमा लिएको हो।

छापा मार्न टोली आएको सूचना पाएपछि फर्मका सञ्चालक तथा अडिटर विनोद मण्डल फरार भएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक अधिकृतले बताए। वीरगंजका केही ठूला उद्योगहरुले गरेको कर, भ्याट छलीमा अडिटर फर्मले सहयोग गरेको अनुसन्धानमा देखिएपछि छापा हानिएको बताइएको छ।

‘कर छलीमा सहयोग गरेको पाइएको छ’, राजस्व अनुसन्धानका एक अधिकृतले भने, ‘यसमा थुप्रै उद्योगीहरुको लेखा परिक्षण हेर्दै छौँ, धेरै उद्योगी पनि संलग्न छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell