PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

न्युक्यासलमाथि आर्सनलको फराकिलो जित



पहिलोपोस्ट

न्युक्यासलमाथि आर्सनलको फराकिलो जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले न्यु क्यासलमाथि जित निकालेकोछ। आर्सनलले घरेलु मैदान इमिरेट्स स्टेडियममा न्युक्यासलमाथि ४-० को फराकिलो जित निकालेको हो।

लिगमा ६ जित निकालेको आर्सनलले यो सिजन राम्रो प्रदर्शन नसकिरहँदा गएरातिको जितले उसलाई खेलमा फर्कन सहयोग गरेको छ।

आर्सनलको जितमा पियरे एमरिक, निकोलस पेपे, मेसुट ओजिल र अलेक्जेन्डर लकाजेटले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो।

पियरेले खेलको ५४ औं मिनेटमा गोल गरे भने पेपेले खेलको ५७ औं गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै ओजिलले खेलको अन्तिम मिनेटमा गोल गरे। त्यस्तै इन्ज्युरी समयमा अलेक्जेन्डरले गोल गरेपछि आर्सनलले ४-०को सहज जित निकालेको हो।

जितसँगै आर्सनलले ३४ अंक बनाएको छ। ७ खेलमा जित, १३ बराबरी र ६ हारका साथ आर्सनल तालिकाको दसौं स्थानमा छ। त्यस्तै आजको खेलमा पराजय भोगेको न्यु क्यासल ३१ अंकसहित १३औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell