PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

अमेरिकन आइडलमा नेपाली युवक दिवेश, जजहरु भन्छन् : विश्वलाई नमस्ते भन्ने छौं



पहिलोपोस्ट

अमेरिकन आइडलमा नेपाली युवक दिवेश, जजहरु भन्छन् : विश्वलाई नमस्ते भन्ने छौं

सिंगिङ रियालिटी सो अमेरिकन आइडलमा काठमाडौंका दिवेश पोखरेल छनोट भएका छन्। अमेरिकन आइडलको अडिसनबाट उनी अर्को राउन्डका लागि छनोट भएका हुन्।

स्टेजमा अर्थर गनका नामले चिनिने दिवेश पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। नमस्ते भन्दै छिरेका दिवेशलाई जजका रुपमा बसेकी केटी पेरीले २ हात जोड्दै नमस्ते फर्काइन्। उनले दिवेशलाई 'बेस्ट' भनेर सम्बोधन गरिन्।

केटी पेरीले उनको प्रस्तुतिपछि ट्वीट गर्दै लेखेकी छन्, 'तिमी बेस्ट हौँ दिवेश। त्यो नै अमेरिकन सपना हो र तिमी अमेरिकन आइडलमा नमस्ते गर्न सक्छौ। ममा रहेको प्रकाशले तिमीमा प्रकाश देखिरहेको छ।' दिवेशले कार्यक्रमको सुरुमा आफ्नो नामको अर्थ 'लाइट' (प्रकाश) भनेर अर्थ्याएका थिए।

 

अमेरिकन आइडलका अर्का जज लुका ब्रायनले कार्यक्रमपछि ट्वीट गर्दै लेखेका छन्, 'अझै त्यो बच्चाले उडाइरहेको छ।'

 

अर्का जज लियोनल रिचीले भनेका छन्, 'हामी तिम्रो जादुलाई बाहिर ल्याउन पाउँदा उत्साहित छौं। अर्थर गउन तिमी एउटा कथा हौ जो हामीले बताउनुपर्ने छ। हलिउडमा तिमीसँग भेटौँला।' उनले स्टेजमा गएर दिवेशलाई अंगालोसमेत मारे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell