PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

आजै मन्त्रीको सपथ लिँदै शिवमाया : उपसभामुख पद गुमाउँदा मन्त्री पद 'उपहार'



पहिलोपोस्ट

आजै मन्त्रीको सपथ लिँदै शिवमाया : उपसभामुख पद गुमाउँदा मन्त्री पद 'उपहार'

काठमाडौं : पूर्व उपसभामुख शिवमाया तुम्बाहाड्फे कानुन मन्त्री बन्ने भएकी छिन्। उनले आजै सपथ ग्रहण गर्ने तयारी पनि भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शिवमाया तुम्बाहाङ्फेले राष्ट्रपतिबाट साढे ३ बजे सपथ लिने कार्यक्रम तय भएको छ।

यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। तुम्बाहाङ्फेले उपसभामुखबाट माघ ६ गते राजीनामा दिएकी थिइन्।

समाजवादी पार्टीले सरकार छाडेपछि कानुमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकालले सम्हाल्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell