PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मणि लोहनीको नयाँ कविता संग्रह 'मृत्युको अघिल्तिर'



पहिलोपोस्ट

मणि लोहनीको नयाँ कविता संग्रह 'मृत्युको अघिल्तिर'

काठमाडौं : कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह 'मृत्युको अघिल्तिर' प्रकाशित भएको छ। मानवीय सम्बन्ध र जीवन दर्शनलाई पहिल्याउने मणि पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यमाथि कथा कविता लेखिरहेका छन्।

शिखा बुक्सले बजारमा ल्याएको कवितासंग्रहमा तीन खण्ड गरी फरक फरक विषयका ३२ कविता संकलित छन्। '१५ वर्षपछि कविता संग्रह आएको छ निकै उत्साहित भएको छु,' मणिले भनेका छन्, 'प्रकाशकसँग सल्लाह गरी चाँडै विमोचनको मिति तय गरिने छ।'

टेलिभिजन पत्रकारितामा सक्रिय मणिको पहिलो कविता संग्रह 'आन्दोलनले छट्पटाएका कलमहरु' २०४९ सालमा प्रकाशित भएको हो। त्यसयता उनी कथा, निवन्ध र कविताको क्षेत्रमा सक्रिय छन्। उनका कथा र कविताका गरी पाँच कृति प्रकाशित छन्। २०६१ सालमा प्रकाशित 'मलामी साँझ' कविता संग्रहसँगै नेपाली कवितामा जवरजस्त उपस्थिति देखाएका उनका 'परास्त प्रेम' र 'निर्वस्त्र मन' चर्चित कथा संग्रह हुन्।

भानुमोति पुरस्कार २०५८, सर्वोकृष्ट कथा पुरस्कार २०६३, युवावर्ष मोति पुरस्कार २०६८, सतिषचन्द्र रेग्मी अतुल स्मृति पुरस्कार २०६९, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४, बनिताश्री काव्य पुरस्कार २०७५ र संसाक कथा पुरस्कार २०७६ बाट सम्मानित मणिका केही कविता र कथा हिन्दी, अङ्ग्रेजी, बङ्गाली, जापानिज र कोरियन भाषामा प्रकाशित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell