PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रदूषित वायुले उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो, अन्तर्राष्ट्रिय उडान प्रभावित हुनसक्ने



रासस

प्रदूषित वायुले उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो, अन्तर्राष्ट्रिय उडान प्रभावित हुनसक्ने
फाइल फोटो।

काठमाडौं : पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताए।

‘मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना छैन,’ मौसमविद् अर्यालले भने।

मौसम खुल्ला भई घाम लाग्नका लागि नयाँ वर्षा हुने मौसमी प्रणाली विकसित हुनुपर्ने मौसमविद्को भनाइ छ। मौसमविद् अर्यालका अनुसार बुधवारबाट नयाँ मौसमी प्रणाली विकास भई आकाश खुला हुने सम्भावना छ।

वायुमण्डलको प्रदूषणले अन्तर्राष्ट्रिय उडान पनि प्रभावित हुनसक्ने खतरा बढेको जनाइएको छ। मौसमविद्का अनुसार वायुमण्डलको पारदर्शिता तीन हजार मिटरभन्दा कम भएमा अन्तर्राष्ट्रिय उडान गर्न सकिँदैन।

नेपालको वायुमण्डलको पारदर्शिता तीन हजार मिटरबाट तल नझरेकाले तत्काल उडान प्रभावित हुने अवस्था नरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell