PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१०३ दिन थुनापछि महरा निर्दोष ! जिल्ला अदालतले दियो सफाइ



पहिलोपोस्ट

१०३ दिन थुनापछि महरा निर्दोष ! जिल्ला अदालतले दियो सफाइ

काठमाडौं : जबरजस्ती करणी उद्योगको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्।

जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा फैसला गर्दै सफाइ दिने निर्णय सुनाएको हो। न्यायाधीश अमरराज पौडेलेको इजलासले सोमबार कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि सफाइ दिने फैसला सुनाएको हो। आइतवार महराको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी लगायतले बहस गरेका थिए। त्यस्तै सरकारी पक्षबाट उमाकान्त खनाल लगायतले बहस गरेका थिए। तर, आइतवार समय अभावको कारण फैसला सुनाइएको थिएन।

गत असोज १२ गते संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा महरामाथि लागेको थियो। पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत असोज १९ गते अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

महराले असोज १२ गते सादा पोशाकमा रहेका नेपाल प्रहरीका हवल्दार बिष्णुबहादुर थापा, नेपाली सेनाका जमदार काजीमान राना मगर र चालक सहायक प्रहरी हवल्दार श्यामहरि आचार्यलाई लिएर पीडित महिलाको कोठामा पुगेको खुलेको प्रहरीले बयान दिएका थिए। त्यस्तै अन्य भौतिक प्रमाणले महरा पीडित महिलाको कोठामा गएको पुष्टि गरेपछि जिल्ला अदालतले कात्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो।

महराले आजको दिनसम्म १ सय ३ दिन डिल्लीबजार कारागारमा बिताइसकेका छन्। सफाईको फैसला सुनाएपछि महरा अदालतबाट डिल्ली बजार कारागार लागेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell