PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

अदालतको आदेशले सम्झाएको त्यो म्यासेज... 'फरगेट एस्टर्डे'



पहिलोपोस्ट

अदालतको आदेशले सम्झाएको त्यो म्यासेज... 'फरगेट एस्टर्डे'

काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महरामाथि संगिन अपराधको आरोप लगाउने संसद सचिवालयमा कार्यरत एक महिलाको मोबाइलमा गएको एउटा म्यासेज थियो - 'फरगेट एस्टर्डे'।

लामो समयदेखि महरासँग सम्बन्ध रहेको दावी गर्ने महिलाले तत्कालीन सभामुखमाथि बलात्कारको प्रयास र आफूमाथि कुटपिट भएकोसम्म आरोप लगाएकी थिइन्। उनले लगाएको आरोपलाई हाम्रोकुरा अनलाइनले ब्रेक गरेको थियो। उक्त अनलाइनले आक्षेप लगाउने महिलासँग अन्तर्वार्ता लिइरहँदा सभामुख रहेका कृष्णबहादुर महराले फोनसमेत गरेका थिए।

तत्कालीन नेकपा माओवादीको शीर्ष तहमा रहेर राजनीति गरेका महरालाई भलाद्‍मी नेताका रुपमा चिनिन्थ्यो। त्यसैले हुनुपर्छ घटना भएको भोलिपल्ट तिनै महिलालाई म्यासेज पठाउँदै उनले लेखेका हुन् - फरगेट एस्टर्डे।

१ सय ३ दिन हिरासतमा रहेका महरा आज रिहा भएका छन्, आरोपबाट मुक्तिसहित। अदालतले उनलाई निर्दोष करार गरेको छ।

त्यसो त आरोप लगाउने महिलाले कहिले प्रहरीले उजुरी नलिएकोमा गुनासो गरिन् त कहिले किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगिन्।

उनको अस्वभाविक गतिविधि रोकिएन। महरामाथि मुद्दा चल्यो। त्यतिखेर फेरि उनी यू टर्न हुँदै महरालाई छुटाउनुपर्ने मागसहित अदालत धाइन्।

सुरुमा महराविरुद्ध उत्रिएकी उनी पछि महराको पक्षमा पनि उत्तिकै जोडबलले लागिन्। यतिखेर ती कर्मचारी महिला 'सिन'भन्दा बाहिर छिन्।

काठमाडौं जिल्ला अदालतमा आज उपस्थित हुँदा महरामा एक प्रकारको आत्मविश्वास देखिएको थियो। त्यो आत्मविश्वास अरुबेलामा पनि देखिन्थ्यो नै। उनी कमजोर त्यतिखेरमात्र देखिएका थिए जतिखेर उनलाई डिल्लीबजार सदरखोर पठाउन अदालतले आदेश दिएको थियो। उनी त्यतिखेर कमजोर देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell