काठमाडौं : जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सोमवार सफाई पाएसँगै रातो कार हुँदै निस्किए कारागारबाट। कारागारबाट बा १८च ४०० को रातो कारमा बाहिरिएका महरालाई धेरैले हाई हाई गरे।
बालुवाटारस्थित सभामुख निवासबाट प्रहरीले पक्राउ गर्दा महराले यही कार प्रयोग गरेका थिए। फाइल फोटो
गत असोज १९ मा बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ परेका महरा यही कारबाट कारागार यात्रा थालेका थिए। त्यतिबेला रातो कारको गति चर्कै थियो। काराकार यात्रामा हुँइकिँदै निस्किएको उनको रातो कारको गति आज भने सुस्त थियो। स्वागत गर्न आउनेहरुको भिडले घेरिएपछि आज रातो कारको गति सुस्त देखिन्थ्यो।
प्रतिनिधि सभाबाट एमसिसी पास गर्न नदिनमा महराको हात रहेको कारणले उनलाई जेल पठाइएको कतिपयले आरोप लगाउँदै आएका छन्। यही आरोपमा महराको समर्थनमा एमसिसीविरुद्ध कारागार परिसरमा नाराबाजी भएको थियो।