PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

नवनियुक्त कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले गरिन् पदभार ग्रहण



पहिलोपोस्ट

नवनियुक्त कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले गरिन् पदभार ग्रहण
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फे पदभार ग्रहण गर्दै।

काठमाडौं : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छिन्। कानुनमन्त्री तुम्बाहाङ्फेले सोमवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन्।

यसअघि सोमवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री तुम्वाहाङ्फेलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले शपथ लिएकी हुन्।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा सोमवार नै नियुक्त गरेकी थिइन्। यसअघि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए।

डा तुम्बाहाङ्फे यसअघि उपसभामुख थिइन्। सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उनले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी हुन्। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell