PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

थरुहट/थारुवान राष्ट्रिय मोर्चाको अनशनमा सिके राउतको ऐक्यवद्धता



एम बम

थरुहट/थारुवान राष्ट्रिय मोर्चाको अनशनमा सिके राउतको ऐक्यवद्धता

कैलाली : थरुहट/थारुवान राष्ट्रिय मोर्चाको आमरण अनशनमा जनमत पार्टीले ऐक्यवद्धता जनाएको छ। गत ५ दिनदेखि १४ बुँदे माग अघि सारेर धनगढीमा आमरण अनशन थालेको मोर्चालाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले ऐक्यवद्धता जनाएका हुन्।

सोमवार धनगढीको क्याम्पसचोकस्थित अनशनस्थलमै पुगेर राउतले ऐक्यवद्धता जनाएका छन्। मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु गत १ गतेदेखि टीकापुर घटनाका दोषीहरुलाई रिहाइ लगायतका १४ वटा माग राखेर आमरण अनशनमा छन्।

अध्यक्ष राउत नेता लक्ष्मण थारुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै मोर्चाले उठान गरेका मागहरु जायज रहेको समेत बताए।

यसैबीच आन्दोलनमा रहेको मोर्चाले सोमवार धनगढीमा विरोध प्रदर्शन समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell