PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

वीरगंजको एक किराना पसलमा आगलागी हुँदा ४० लाखको क्षति, ३ घण्टापछि आयो नियन्त्रणमा



राधेश्याम पटेल

वीरगंजको एक किराना पसलमा आगलागी हुँदा ४० लाखको क्षति, ३ घण्टापछि आयो नियन्त्रणमा

वीरगंज : वीरगंज-६ माईस्थान पार्क नजिक रहेको बिटु किराना स्टोर्सको गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ।

दिउँसो करिब डेढ बजे विद्युत शर्ट भएर लागेको आगो अग्नि नियन्त्रक, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा ३ घण्टापछि अपरान्ह ४ बजे नियन्त्रण्मा आएको पर्सा प्रहरीले जनाएको छ। पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर शाहीले वीरगंज महानगरको ३ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको पहलमा किराना पसलभित्र लागेको आगो नियन्त्रणमा आएको बताए।

आगलागीबाट करिब ४० लाखको क्षति भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘पसलका सञ्चालक मनोज गुप्ता (कलवार)ले ७०/८० लाखको समान रहेको भनेका छन्’, पर्साका प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘सबै समान जलेको छैन, करिब ५० प्रतिशत समान जलेको छ। मुचुल्का गर्दा यकिन विवरण भन्न सकिन्छ।’

पसलमा तेलजन्य पदार्थ बढी भण्डारण गरिएका कारण आगो नियन्त्रणमा समस्या भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell