
काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विक (प्रकाण्ड)का छोरालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले सोमवार नयाँ बानेश्वरबाट छोरा नरेन्द्र बहादुर विकलाई पक्राउ गरेको हो। विकलाई चन्दा आतंक लगायतका आपराधिक गतिविधिमा लागेको कारण पक्राउ गरेको महाशाखाका एसपी मुकेस कुमार सिंहले जानकारी दिए।
विक विप्लव समूहको विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष समेत हुन्। प्रहरीले उनीसँगै प्रकाश बहादुर विकलाई पनि नियन्त्रणमा लिएको छ।