PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित



पहिलोपोस्ट

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित निकालेको छ। स्टमफोर्ड ब्रिज स्टेडियममा भएको खेलमा युनाइटेडले घरेलु टोली चेल्सीलाई २-० ले पराजित गरेको हो।

युनाइटेडको जितमा एन्टोनी मार्टियल र ह्यारी म्याग्युइरले गोल गरे। पहिलो हाफमै युनाइटेडले अग्रता बनाएको थियो। खेलको ४५औं मिनेटमा मार्टियलले हेडिङमार्फत गोल गर्दा पहिलो हाफमा युनाइटेड १ गोलले अगाडी रह्यो। दोस्रो हाफमा युनाइटेडका लागि म्याग्युइरले  गोल थपे। उनले खेलको ६६ औै मिनेटमा गोल गरे।

उता चेल्सीका लागि भने भिएआर दुर्भाग्य बन्यो। दुई पटकको गोल पनि भिएआरकै कारण रेफ्रीले करार दिएनन्।

जितसँगै युनाइटेड ३८ अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ ४१ अंकसहित चौथोस्थानमा रहेको चेल्सीले तेस्रो स्थानको लेस्टरसिटीसँग अंकदुरी घटाउने अवसर गुमाएको छ। तेस्रो स्थानको लेस्टरसिटीको ५० अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell