PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

पाँच हजार रुपैयाँ घुससहित सवइञ्जिनियर राई अख्तियारको नियन्त्रणमा



पहिलोपोस्ट

पाँच हजार रुपैयाँ घुससहित सवइञ्जिनियर राई अख्तियारको नियन्त्रणमा

भोजपुरः भोजपुरमा घुससहित सव इञ्जिनियर पक्राउ परेका छन्। आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनियर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो।

राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ। राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो।

त्यस्तै गत माघ महिनामा भूकम्प पीडितसँग अन्तिम किस्ताको रकम लिन आवश्यक कागजात मिलाइदिन्छु भन्दै घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका भोजपुर नगरपालिकामा कार्यरत सवइञ्जिनियर प्रकाश तिवारीविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ। तिवारी सेवाग्राहीसँग रु छ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell