PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

गुन्डा नाइके सत्यमान लामा पक्राउ



पहिलोपोस्ट

गुन्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौँः गुन्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले लामालाई पक्राउ गरेको हो।

'हामीले नियन्त्रणमा लिएका छौँ। थप अनुसन्धान हुँदैछ' वृतका इञ्चार्ज डिएसपी उमेश लम्सालले भने।

लम्सालले मदिरा सेवन गरी प्रहरीसँग झगडा गरेपछि लामालाई पक्राउ गरिएको बताए।  

लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन्। महानगरीय प्रहरी परिसर काठमाडौँले २०७५ असारमा पनि लामालाई पक्राउ गरेको थियो। त्यतिखेर प्रतिनिधिसभा सदस्य नवीना लामाले  पक्राउ परेको केही घन्टा बित्न नपाउँदै जमानतमा रिहा गराएकी थिइन्। सांसद् लामाले भने सत्यमान गुन्डागर्दीमा सामेल नभएको दावी गरेकी थिइन्। 

त्यसपछि पनि महानगरीय अपराध महाशाखाको टोलीले चेक बाउन्सको केसमा उनलाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell