PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शैली थिएटरमा 'सेतो कपाल'



पहिलोपोस्ट

शैली थिएटरमा 'सेतो कपाल'

नाटक 'सेतो कपाल' मञ्चन सुरु भएको छ। प्रयोगवादी नाटककार, लेखक तथा निर्देशक विजय विष्फोटको लेखन र निर्देशन रहेको उक्त नाटक एक दशक अघि आरोहण गुरुकुलमा मञ्चन भएको थियो। हाल रंग सारथीसँगको सहकार्यमा शैली थिएटरले नियमित मञ्चन पुन: सुरु गरिएको हो।

डार्क कमेडी जनरमा प्रस्तुत गरिएको नाटक 'सेतो कपाल'ले आर्थिक अभावका बावजुद नाट्यकर्ममा लागि पर्ने र पैसाभन्दा सन्तुष्टी कमाउनुलाई उपलब्धी ठान्ने एक रङ्गकर्मीको कथा भन्छ।

अन्तिम रिहर्सलका लागि चरित्रमा ढलेको एक कलाकार मञ्चमा पुगेपछि वास्तविक जीवनमा फर्कन्छ र कथाले नयाँ मोड लिन्‍छ। कुमारले आफ्नो बाल्यकाल र युवावस्था, हजुरबुबाको यौन मनोविज्ञान, आफ्नो असफल पहिलो प्रेम र दोस्रो प्रेमपछि श्रीमती बनेर जीवनमा आएकी सिमलसँगको तनाव युक्त सम्बन्ध बारे विचार मन्थन गर्छ। उसको दबिएर रहेको रहर, यौन कुण्ठा तथा अभावग्रस्त जीवनको आक्रोशले उसलाई आत्महत्याको निर्णयसम्म पुर्‍याउँछ। र, रिहर्सल रोकिन्छ।  

यसअघि नाटककार विष्फोटको भागवत् टोलमा भोलाराम, माउजङ्ग, बाबुसाहेब मञ्चन भइसकेका छन्।

सेतो कपालमा शेर शाही, पुस्कर दाहाल, सुरेन्द्र क्षेत्री, ज्योति राई, बालकृष्ण रिजाल, नीमा पाण्डे, सदीन लुइँटेल, रबिन तामाङ, कुमार जोशी, नोरचेन लामा, रिया चौधरी, करिश्मा के.सी., मीरा के.सी. कलाकाहरुको अभिनय रहेको छ।

फागुन दुई गतेबाट मञ्चन सुरु भएको नाटक आउँदो सत्र गतेसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell