PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

घरको छतमा ग्रिनेट राखेर धम्की दिने सेनाका पूर्व हवल्दार पक्राउ



पहिलोपोस्ट

घरको छतमा ग्रिनेट राखेर धम्की दिने सेनाका पूर्व हवल्दार पक्राउ

काठमाडौः विस्फोटक पदार्थ राखेको आरोपमा प्रहरीले सेनाका एक जना अवकासप्राप्त हवल्दारलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार सेनाका पूर्व हवल्दार राजकुमार सार्कीलाई नियन्त्रणमा लिएको हो महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। 'विभिन्न कोणबाट अनुसन्धान गर्दा सार्कीले राखेको देखिएपछि नियन्त्रणमा लिएका हौं,' एसएसपी थापाले भने।

पहिलेदेखिको रिसिइबीका कारण विस्फोटक पदार्थ राखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

सोमबार ललितपुरको गोदावरी नगरपालिकास्थित शुकराम मिजारको घरको छतमा ग्रिनेट बम फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell