PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तुला अधिकारीको नेतृत्वमा शिक्षा पत्रकार समूहमा नयाँ कार्य समिति



पहिलोपोस्ट

तुला अधिकारीको नेतृत्वमा शिक्षा पत्रकार समूहमा नयाँ कार्य समिति

काठमाडौं : पत्रकार तुला अधिकारीको नेतृत्वमा शिक्षा पत्रकार समूहले नयाँ कार्यसमिति चयन गरेको छ। समूहको १० औं अधिवेशनले चयन गरेको नयाँ कार्य समितिको उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल, सचिवमा श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापा निर्वाचित भएका छन्।

अन्य पदमा सर्व सम्मत भए पनि अध्यक्षमा मदतान भएको थियो। निवर्तमान कार्यसमितिका उपाध्यक्ष शेषकान्त पण्डितलाई पराजित गर्दै अधिकारी अध्यक्ष भएका हुन्। मतदानमा खसेको २९ भोटमा अधिकारीले २३ र पण्डितले ६ मत प्राप्त गरेका हुन्।

बाइस वर्षदेखि पत्रकारितामा सक्रिय अधिकारी नेपालगञ्जस्थित कृष्णसार एफएममा कार्यकारी प्रमुख तथा समाचार निर्देशक हुन्। उपाध्यक्षमा चयन भएका मल्ल बुटवल टुडेका सम्पादक हुन् भने नेपाल, कान्तिपुर पब्लिकेसनको नेपाल साप्ताहिकमा कार्यरत छन्। त्यसैगरी सचिव तण्डुकार शिक्षालय मासिकका प्रधान सम्पादक र कोषाध्यक्ष थापा आर्थिक अभियानमा कार्यरत छन्। प्रज्ञा तिमल्सिना, यशोदा अधिकारी, ओमप्रकाश घिमिरे, जनक पण्डित, सविना बानिया, रोशन क्षेत्री गाउँले, गोपाल संग्रौला र विष्णु विवेक सदस्य निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell