PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

मनमोहन कार्डियोमा प्रधानमन्त्रीको एन्जिओग्राफी, डाक्टर भन्छन् : उहाँको मुटु बलियो रहेछ



कुञ्जरमणि भट्टराई

मनमोहन कार्डियोमा प्रधानमन्त्रीको एन्जिओग्राफी, डाक्टर भन्छन् : उहाँको मुटु बलियो रहेछ
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मुटूको कोरोनरी एन्जिओग्राफी गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भाष्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको एन्जिओग्राफीबाट परीक्षण गरिएको प्राध्यापक डाक्टर अरुण सायमीले जानकारी दिए।

उनले भने, 'प्रधानमन्त्रीको मुटुको एन्जओग्राफ्री गरिएको छ। उहाँ आराम गरेर दुई घण्टामा फर्कन सक्नुहुन्छ।'

सायमीले उपचारका क्रममा प्रधानमन्त्रीको मुटु बलियो रहेको पुष्टि भएकोसमेत बताए।

उनले भने, 'प्रधामन्त्रीको मुटु बलियो रहेछ भन्ने पुष्टि भयो।'

प्रधामन्त्री ओलीलाई आज ४ बजे अस्पताल लगिएको थियो। उनको सचिवालयले भने नियमित परीक्षणका लागि लगिएको बताएको छ। प्रधानमन्त्री ओलीको १२ वर्ष अघि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छोडेपछि नियमित डायलासिस गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell