PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

निमा गुरुङ र विमल अधिकारीलाई एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड



पहिलोपोस्ट

निमा गुरुङ र विमल अधिकारीलाई एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले २८ जना खेलाडीहरुलाई सम्मान गरेको छ।

तेक्वान्दोकी निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारीले एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड पाएका छन्। गुरुङ र अधिकारीले १/१ लाख प्राप्त गरेका छन्। उनीहरुले आफ्नो विधामा उत्कृष्ट खेलाडी अवार्ड समेत जितेका छन्।

यसैगरी भलिबलतर्फ सरस्वती चौधरी र एथलेटिक्सतर्फ अजित यादवले उदयमान खेलाडीको अवार्ड जितेका छन्। उनीहरुले समान ५०/५० हजार रुपैयाँ प्राप्त गरे। उनीहरुले आफ्नो विधामा उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका छन्। पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको जगराज आदर्श खेलाडी अवार्डबाट बक्सिङ प्रशिक्षक मदन गुरुङ ३५ हजार नगदसहित सम्मानित भएका छन्।

पारा खेलकुदतर्फ बोसिया खेलकी महिमा कोइरालाले अवार्ड जितिन्। यसैगरी खेल पत्रकार प्रज्वल ओलीले स्पेशल वार्ड र राजेन्द्र चित्रकारले एनएनआइपिए पत्रकारिता पुरस्कार जितेका छन्।

मंगलवार बसन्तपुर डबलीमा भएको कार्यक्रममा १८ औं एसियन गेम्समा सहभागिता जनाएका खेल र प्रशर्दनको आधारमा २८ जना खेलाडीहरुलाई अवार्ड प्रदान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell