PahiloPost

Jul 21, 2026 | ५ साउन २०८३

काठ तस्कर पक्राउ



राधेश्याम पटेल

काठ तस्कर पक्राउ

वीरगंज : पर्साको राष्ट्रिय बन क्षेत्रबाट काठ तस्करी गरी वीरगंज तर्फ आउँदै गरेका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगंज-१८ भवानीपुरका २३ वर्षीय सन्दीप साह रहेका छन्।

उनको साथबाट ना ३५ प ९४५५ नम्बरको मोटरसाइकल र ४२ इन्च मोटाइ र ४ फिट लम्बाईको काठ पनि बरामद गरिएको छ। मंगलवार बिहान करिब ६ बजे पारस चोकमा ईलाका बन कार्यालय सोलखपुरका बनकर्मीहरुले उनलाई रंगेहात पक्राउ गरेका थिए।

सबैया साझेदारी बन व्यवस्थापन समितिका अध्यक्ष लखनलाल साहको गाउँकै युवक पर्ने भएकोले बन अधिकृत फरमान मियाँ र अध्यक्षले मिलेमतोमा उनलाई गोप्य रुपमा छोडने तयारी गरेका थिए। तर, मान्छे पक्राउ परेको खवर सञ्चार माध्यममा पुगेपछि उनीहरुको योजना तुहिएको थियो।

बन अधिकृत फरमानले कुनै पनि हातलमा तस्करलाई नछोड्ने बताए। उनले पक्राउ परेका साहलाई आवश्यक कारबाही प्रकृया अघि बढाइ सकिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell