PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

लिभरपुल पहिलो लेगमा एथ्लेटिको मड्रिडसँग पराजित



पहिलोपोस्ट

लिभरपुल पहिलो लेगमा एथ्लेटिको मड्रिडसँग पराजित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा साविक विजेता लिभरपुल एथ्लेटिको मड्रिडसँग पराजित भएको छ। घरेलु मैदानमा खेलको सुरुवाती समयमै गरेको गोल एथ्लेटिको मड्रिडको जितका लागि निर्णायक बन्यो। खेलको चौथो मिनेटमै सउल निग्विजले गरेको गोल एथ्लेटिकोको जितका लागि पर्याप्त बन्यो।

खेलको शुरुमै पछि परेको लिभरपुलले खेलमा फर्कन प्रयास गरेको थियो। खेलको २६ औं मिनेटमा मोहम्मद सलाहले गोल गरे पनि फिरमिनोको अफसाइडका कारण रेफ्रीले त्यसलाई गोल करार दिएनन्। त्यस्तै ७१ औं मिनेटमा हेन्डरसनको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो।

दोस्रो लेग मार्च ११ मा लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell