PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

नेयमारको गोलले टरेन पिएसजीको हार



पहिलोपोस्ट

नेयमारको गोलले टरेन पिएसजीको हार

च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा पेरिस जेन्ट जर्मेन(पिएसजी) डर्टमन्डसँग पराजित भएको छ। इर्लिङ ब्रुट हाल्यान्डको दोहोरो गोलसँगै बोरुसिया डर्टमन्डले अन्तिम १६ को पहिलो लेगमा पिएसजीमाथि जित निकालेको हो।

डर्टमन्डको वेस्टफलेन स्टेडियममा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। १९ वर्षे फरवार्ड हाल्यान्डले खेलको ६९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। तर, खेलको ७५ औं मिनेटमा  ब्राजिलिनय फरवार्ड नेयमारले एम्बाप्पेको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए।

खेल बराबरीमा आएको दुई मिनेटमै गोल गरेर हाल्यान्डले डर्टमन्डलाई फेरि अग्रता दिलाए। र, उनको दोस्रो गोल नै डर्टमन्डको जितका लागि निर्णायक बन्यो। दोस्रो लेग मार्च १३ मा पिएसजीको घरेलु मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell