PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

विकासमा व्यवधान खडा गर्नेलाई कामद्वारा पराजित गरिरहेका छौँ : प्रधानमन्त्री



पहिलोपोस्ट

विकासमा व्यवधान खडा गर्नेलाई कामद्वारा पराजित गरिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आफ्नो समस्या आफैं हल गर्न सक्ने क्षमताका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको बताएका छन्।

७०औं प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा ओलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा र गरिमा बेढेको दाबी गरे।

उनले भने, 'नेपालले द्वन्दव व्यवस्थापनको सन्दर्भमा मौलिक विधि अपनायो। अहिले द्वन्द्व व्यवस्थापन होइन देश आर्थिक तथा सामाजिक रुपान्तरणको दिशामा छ। आफ्‍ना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको कार्यले हाम्रो क्षमता प्रदर्शित भएको छ।'

उनले थपे, ' हामीले अन्तर्राष्ट्रिय जगतमा पहिचान बढाएका छौं। हामीप्रति विश्वको ध्यानकर्षण हुन थालेको छ। हामी  मञ्चहरुमा देखिनँ र सुनिनँ थालेका छौँ।'

प्रधामन्त्री ओलीले सरकारले दुई वर्षको अवधिमा संघीयताको कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजन गरेर अघि बढिएको बताए। सरकारले यसअघि गरेको कामको आधारभूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने हिसाबले अघि बढेको बताए।

उनले सुशासन र विकासका काममा नतिजा हासिल हुन थालेको बताए। ओलीले मुलुक सन् २०३० भित्रमा दिगो विकासको लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताए।

उनले देशलाई बदल्ने अठोटका साथ अघि बढ्दा केही नकारात्मक अरोध सहनुपरेको बताए। दलीय आग्रहले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना हुन नहुने उनको भनाइ थियो।

उनले विकास निर्माणामा बाधा पुर्‍याउनेहरुलाई पराजित गर्दै अघि बढेको पनि बताए।

'विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने, विकास प्रयासमा व्यवधान गर्ने प्रयासलाई कामद्वारा नै पराजित गरिरहेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell