PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लेलेको जंगलमा महिलाको हत्या गरी फरार व्यक्ति पक्राउ



पहिलोपोस्ट

लेलेको जंगलमा महिलाको हत्या गरी फरार व्यक्ति पक्राउ

काठमाडौं : ललितपुरको लेलेमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले सुर्खेतका गिरबहादुर दमाईलाई नियन्त्रणमा लिएको हो। हत्यापछि भागेर सुर्खेत पुगेका दमाईलाई सुर्खेतबाटै नियन्त्रणमा लिएको हो।

'हामीले अभियुक्त नियन्त्रणमा लिइसकेका छौं। यहाँ ल्याइसकेकपछि घटना बारे थप जानकारी मिल्छ', महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने।

गत फागुन ४ गते ललितपुरको जंगलमा एक महिलाको नग्न अवस्थामा शव फेला परेको थियो। स्थानियले दिएको जानकारी अनुसार प्रहरी अभियुक्त समक्ष पुगेको थियो। हत्याको कारण भने नखुलिसकेको एसएसपी राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell